पत्रिका
एक्कै चोटी ३/४ ओटा पत्रिकाको तह बनाएर बिरुवाको वोरिपरी राख्नाले झारपातमा कमि तथा थोरै सिचाईमा पनि बिरुवाको राम्रो विकास हुन्छ।
२) inorganic मल्चिंग
organic मल्च नभएको खण्डमा प्लास्टिकलाइ नै मल्चिंग सामग्रीको रुपमा प्रयोग गरिन्छ। मल्च्को रुपमा प्लास्टिक प्रयोग गर्दा आवसेकता अनुसार साइज र रङ भएको प्लास्टिक छान्नु पर्छ।
कालो मल्च(black mulch )
येस्बाट घामको किरण नछिर्ने भएकोले एसले प्लास्टिक भित्र हुने photosynthesis र respiration बन्द गर्दिन्छ जसले गर्दा माटोमा झारपात उम्रिने अथवा किराको प्रकोपमा कमि ल्याउछ। तर यसले माटो भित्रको तापक्रममा भने ब्रिदी ल्याई बिरूवालाई हानि पुराउन सक्छ।
सेतो मल्च (transparent mulch )
यसले माटोमा घाम पस्न दिने भएकोले १००% झारपात कन्ट्रोल गर्न सक्दैन जसले गर्दा herbiside को प्रयोग पनि गर्नु पर्ने हुन सक्छ। यो बिसेस गरि पहाडी क्षेत्रमा जाडोको समयमा माटोको तापक्रम बडाउन प्रयोग गरिन्छ। साथै यसको प्रयोगले रोग कम लाग्ने साथै बेर्नको छिटो उत्पदान हुन्छ।
रंगीबिरंगी मल्च (double coloured malch )
यिनीहरुमा प्रकासको परिवर्तन हुदा बिरुवामा ब्रिदी पुराउन मधत पुग्छ। यसको प्रयोगले फलको आकार, रंग, जराको ब्रिदीमा असर पुराउछ।
•silver/black mulch यो बारीमा सबै भन्दा धेरै प्रयोग हुने मल्च हो। यसको प्रयोगले २५-३०% प्रकास रेफ़्लेक्ट भएर बिरुवा / फलमा फिर्ता जान्छ।
•white black mulch यसले घामको ६०% किरणलाइ बिरुवामा फिर्ता पठाउछ जसले गर्दा बिरुवाको छिटो ब्रिदी फलको ठुलो आकार र पातको आकार पनि बडाउछ। यसले माटो लाइ चिसो राख्न पनि सहयोग पुराउछ।
•red black mulch यो माटोलाई तातो राख्न, छिटो फल लिन अनि राम्रो फुल फुलाउन प्रयोग गरिन्छ।
मल्चिंगका बेफाइदा
माटोमा चिसोपन धेरै हुने
जरा कुहिने रोग लाग्न सक्ने सम्भावना धेरै हुने
किरा लुक्ने ठाउ बन्ने
राख्न गलत भयेपार बिरुवालाई चाहिने भन्दा धेरै तातोपन हुने
Comments